१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यको दाबी पेस

७ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्नुभएकाे छ । नेकपा एमाले र नेपाली कांग्रेससहितको समर्थनमा आचार्यले ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे हाे ।

प्रदेश प्रमुख शेरचनले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे थियाे ।

एमाले संसदीय दलका नेता समेत रहनुभएका लिला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै थियो। तर, अन्तिम अवस्थामा आचार्य मुख्यमन्त्री बन्ने हुनुभएकाे हाे ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १७:०८