कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट चार मन्त्रीले दिए राजीनामा
७ साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले सोमबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा दिएका छन् ।
माओवादीबाट सामाजिक विकास मन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत र ऊर्जा तथा जलस्रोत मन्त्री रणसिं परियार थिए।
मन्त्रीहरूले राजीनामा दिए पनि सरकारबाट समर्थन भने फिर्ता लिइसकेको छैन। यधपी, संसदीय दलभित्र छलफल गरेपछि समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गरिने निवर्तमान मन्त्री महेन्द्र केसीले बताए।
प्रकाशित मिति : July 22, 2024 at 12:50 pm









