२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

पूर्वमन्त्री महतोले घुस बुझाएको कार्यालमा चार कर्मचारी, कसले खायो ५ हजार ?

७ साउन, काठमाडाैँ । पूर्वमन्त्री विरेन्द्रपसाद महतोले शुक्रबार पाँच हजार घुस दिएर काम गराएको नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रको मान्यता, समकक्षता तथा मूल्यांकन शाखामा चार जना कर्मचारी काम गर्ने गरेको पाइएको छ । पूर्वमन्त्री महतोले घुस विचाैलियाको हातमा दिएको भने पनि त्यसको भने पहिचान भएको छैन ।

विचाैलिया मार्फत पूर्वमन्त्रीले घुस खुवाएर काम गराएको शाखामा एक जना निर्देश, दुई जना शाखा अधिकृत र एक जना प्राविधिक सहायक कार्यरत रहेको केन्द्रको वेवसाइटमा उल्लेख छ । शाखामा निर्देशकमा विष्णुप्रसाद ज्ञवाली, शाखा अधिकृतमा  युद्वबहादुर सुवेदी र तेज बहादुर थापा तथा प्राविधिक सहायकमा संगीता सापकोटा कार्यरत रहेका छन ।

हामीले विचाैलिया मार्फत घुस खाने कर्मचारीको पहिचानका लागि केन्द्रका निर्देशक समेत रहेका वासुदेव वस्तीलाई 9851103780 नम्बरमा सम्पर्क गरेका थियाैँ तर उनको फोन अफ गरिएको थियो । त्यसपछि केन्द्रको ल्य्याडलाइन नम्बर ++977-1- 5639122, 6634916 मार्फत सम्पर्को प्रयास गरे पनि सफल हुन सकेन ।

आतइबार संसद बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत जाहेर गर्न संसदको रोष्ट्रममा उभिएका पूर्वमन्त्री यादवले आफूले शुक्रबार ५ हजार रुपैयाँ घुस दिएर काम गराएको खुलासा गरेका थिए । उनले संसदमा भनेका थिए, ‘‘म एउटा सानो उदाहरण दिन चाहन्छु म भूपूमन्त्री मैले हिजो शिक्षामन्त्रालयको सानो ठीमीमा ५ हजार रुपैयाँ घुस दिएर आको छु । कसले पत्याउँछ । पत्याउनुहुन्छ रु मेरो छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्नुपर्ने थियो । मैले ११ बजे पठाएको ३ बजेसम्म काम गर्दिएनन्, यो मिलेन त्यो मिलेन भनियो । किन मिलेन के भएन भन्दा सबै कागज मिलेको छ । म आफैँ गएँ । म जाँदा एउटा अधिकृतले के भन्यो भने भाइ भर्खरै १० वटा विद्यार्थीलाई तिमिले गरेका छौ, यो एउटा किन गरेनौ भन्दाखेरी होइन यो चिया खाने टाइम हो भनेर गए । ४ बजेसम्म आएनन् । एउटा बिचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ पाँच मिनेटमा काम गराएर ल्याएँ । अनि हामी सुशासनको कुरा गछौँ भ्रष्टाचारको कुरा गछौँ ।’’

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार घूस  लिने र दिने दुबैलाई कारबाही हुने व्यवस्था छ। ऐन अनुसार कारबाही भए जनता समाजवादी पार्टी (जसपा)का सांसद समेत रहेका पूर्व वनमन्त्री वीरेन्द्र महतो पनि कारबाहीका भागिदार हुन्छन । यस विषय संसदमा प्रवेश भएका कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेर कारबाही गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १५:५०