१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

६ साउन, हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्नुभएकाे छ । आफू अल्पमतमा परेपछि संसदमा सम्बोधन गरेर मुख्यमन्त्री जम्मकट्टेलले राजीनाकाे घाेषणा गर्नुभएकाे हाे ।

उहाँले रोष्टमबाटै राजीनामा पत्र पढेर सुनाउँदै राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे। २०७९ पुस २५ गते नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका मुख्यमन्त्री जम्कट्टेलले यसअघि तीनपटक बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुभएकाे थियाे ।

उहाँले २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिँदा नेमकिपा बाहेक ६ दलको समर्थन पाउनुभएकाे थियाे । दोश्रो पटक २०७९ चैत्र १० मा दोश्रो पटक विश्वासको मत लिने क्रममा मुख्यमन्त्री जम्कट्टेलले ६७ मतमात्र प्राप्त गर्नुभएकाे थियाे । यस्तै तेस्रो पटक २०८० चैत्र १९ मा विश्वासको मत लिनुभएका उहाँले मुस्किलले ५६ मत पाएर सत्ता जोगाउनुभएकाे थियाे ।

चौथो पटक विश्वासको मत लिने परिस्थिती आइपर्दा उहाँले सत्ता गुमाउनुभएकाे छ । कुल ११० सांसद रहेको बागमती प्रदेशसभामा विश्वासकाे मत पाउन ५६ आवश्यक मत आवश्यक हुन्थ्यो। उक्त मत पाउन नसक्दा उहाँकाे सत्ता गुमेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १५:१७