७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

ककनीका मानबहादुर लामाले बालुवाटार पुगेर माओवादी त्यागे, ओलीले एमालेमा गरे स्वागत

४ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता मानबहादुर लामाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी परित्याग गरेका छन । साउन २ गते प्रधानमन्त्री निवास बालुवटार पुगेर माओवादी परित्याग गरेका उनी नेकपा एमाले प्रवेश गरेका हुन्। एमालेमा उनलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेको एमाले बागमती प्रदेश कमिटीका सदस्य काशिराज अधिकारीले जानकारी दिए ।

मानबहादुर ककनी गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन् । उनले २०७४ को स्थानीय निर्वाचनमा माओवादीबाट गाउँपालिका अध्यक्ष जितेका थिए । मानवबहादुरसहित माओवादीका श्रीराम फुयाँल लगायत एमाले प्रवेश गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई बधाई दिन बालुवटार पुगेको एमाले नुवाकोटको करिब तीन सय जनाको टोलीको बीचमा लामा लगायतले एमाले प्रवेश गरेका हुन ।

प्रकाशित मिति : July 20, 2024 at 8:46 am