९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

परराष्ट्रमन्त्री डा राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट

४ साउन, काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उहाँहरूबीच नेपाल(अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : July 19, 2024 at 1:50 pm