२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सूर्योदय वोमी लघुवित्तको एफपिओ खुल्यो, कहिलेसम्म दिन सकिने आवेदन?

४ साउन, काठमाडौँ । सूर्योदय वोमी लघुवित्तले एफपिओ (थप सार्वजनिक निष्कासन) शुक्रबारदेखि निष्कासन गरेको छ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ ले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन अनुसार कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले लघुवित्तले एफपिओ जारी गरेको हो।

साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशतलाई पूँजी संरचना ऐन अनुसार कायम गर्न कम्पनीले एफपिओ जारी गरेको हो ।

कम्पनीले ४६ लाख ७२ हजार ९५४ रूपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको छ। लगानीकर्ताले एफपिओमा साउन ८ गतेभित्र आवेदन दिन सक्ने र यस अवधिभित्र  सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि साउन १८ गतेसम्म लम्बिने भएको छ ।

एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन पर्नेछ। कम्पनीको धितोपत्र निष्कासन र बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ११:१६