१८ भाद्र २०८१, मंगलवार | Tue Sep 3 2024

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नुवाकोटका विष्णु रिमाल नियुक्त

३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नुवाकोटका विष्णु रिमाल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमाललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमालको यो चौँथो नियुक्ति हो । रिमालले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हरेक कार्यालयमा प्रमुख सल्लाहकार पदमै रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन । एमालेमा प्रधानमन्त्रीको मुख्य सल्लाहकार एक पटक भन्दा बढी हुने नेता रिमालमात्रै हुन । व्यवस्थापनमा कुशल रिमाल प्रधानमन्त्री ओलीका मुख्य रणनीतिक सहयोगी हुन ।

dainiki.com

मजदूर आन्दोलनसँगै पार्टी नेतृत्वमा स्थापित रिमाल नेपाल ट्रेड युनियन महासंघ जिफन्टको पूर्व अध्यक्ष पनि हुन् । पेशाले इन्जिनयर रिमाल पछिल्लो एक दशकदेखि एमालेको इन्जिनियरिङमा रमाइ रहेका छन । एमालेले पछिल्लो पटक चलाएका जति पनि अभियान र स्थापित गरेका नाराहरू छन त्यसका परिकल्पनाकार उनै रिमाल हुन ।

रिमाल एमालेको चितवन महाधिवेशनबाट उपमहासचिवमा विजयी भएका थिए । उनलाई पार्टीको भावि महासचिवको रूपमा समेत हेरिएको छ । रिमाल एमालेको आर्थिक र निर्वाचन विभागको प्रमुख समेत छन् ।

रिमाल पहिलो संविधानसभामा एमालेको तर्फबाट समानुपातिक संसद समेत रहेका थिए । नहुने कुरामा आशा देखाएर झुलाउन नजानेका रिमाल कतिपयका लागि प्रियपात्र होइनन् । उनले अनावश्यक कुरामा चासो नदिने र आफूले नसक्ने र नहुने कुरामा सीधै निर्णय सुनाउने गर्छन ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १८:४८