ज्योति विकास बैंकले माग्यो उपत्यका र बाहिरका विभिन्न शाखाका लागि सुपरभाइजरदेखि अफिसरसम्म
३१ असार, काठमाडौँ । ज्योति विकास बैंकले उपत्यका र बाहिरका विभिन्न शाखा कार्यालयहरूका लागि सुपरभाइजरदेखि अफिसरसम्म कर्मचारी माग गरेका छन् ।
आवेदनको उमेर ४० वर्ष ननाघेको र अर्थशास्त्र, बैंकिङ, वाणिज्य नीति लगायत विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यस्तै, सुपरभाइजरका लागि बैंक तथा वित्तीय संस्थामा तीन वर्षको कार्य अनुभव र अफिसरका लागि न्यूनतम पाँच वर्षको अनुभव तोकिएको छ।
प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १४:३५