८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पाैडेल

३१ असार, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उपप्रधान तथा अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल नियुक्त भएका हुन ।

पौडेल यसअघि पनि पटक पटक अर्थमन्त्री भएका नेता हुन । कमजोर अवस्थामा रहेको अर्थतन्त्र बलियो बनाउन पौडेलले भूमिका खेल्न सक्ने आम अपेक्षा रहेको छ ।

निजी क्षेत्रले समेत समन्वयकारी भूमिकामा अब्बल रहेका पौडेल अर्थमन्त्री भए देशको अर्थतन्त्रले एउटा सकारात्मक गति समात्ने प्रतिक्रिया दिँदै आएका छन । थिए । रूपन्देही २ बाट विजयी भएका पाैडेल प्रचण्ड नेतृवत्को सरकारमा सुरूवातमा पनि अर्थमन्त्री भएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १०:००