११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आज यी स्थानमा भारी बर्षा हुने

२९ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  मनसुनी वायुको प्रभाव सरदर स्थानभन्दा उत्तरतर्फ र भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा आंशिक प्रभाव रहेको छ ।

शनिबार दिउँसो देशभर साधारणतया बदली रही कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र आज राति पनि देशभर पूर्णतया बदली हनुका साथै कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै महाशाखाका अनुसार कोशी, बागमती र  गण्डकी  प्रदेशका  एक-दुई स्थानमा राति पनि भारी  वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : July 13, 2024 at 9:46 am