आज यी स्थानमा भारी बर्षा हुने
२९ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव सरदर स्थानभन्दा उत्तरतर्फ र भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा आंशिक प्रभाव रहेको छ ।
शनिबार दिउँसो देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र आज राति पनि देशभर पूर्णतया बदली हनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति : July 13, 2024 at 9:46 am









