३ श्रावण २०८१, बिहीबार | Fri Jul 19 2024

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने


२७ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको बताए ।

उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्रीले अराजक गतिविधि गरेको भन्दै देशलाई अहिलेको अवस्थामा पुर्याउने काम स्वयं वर्तमान प्रधानमन्त्रीले गरेको आरोप लगाए । उनले लाखौँ युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिव देश बनाउने मुख्य पात्र वर्तमान प्रधानमन्त्री भएको बताए।

उनले सरकामा पार्टी जाने वा नजाने भन्नेबारे संविधान संशोधनका लागि हुने सहमतिहरुले भर पर्ने र अहिले नै निर्णय नभइसकेको बताए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १७:३७