२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने

२७ असार, काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी साउन ४ गतेदेखि एफपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९।५४५० कित्ता सेयर निष्काशन गर्ने छ ।

कम्पनीको सो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आवेदन साउन ८ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा भने साउन १८ गतेसम्म दिन सकिनेछ । कम्पनीको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १४:५०