२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सूर्योदय वोमी लघुवित्तको एफपीओ साउन ४ मा खुल्ने

काठमाडौं, असार २७ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । इच्छुक सर्वसाधारणले साउनको ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी संस्थाको कुल चुक्तापुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८.५० रुपैयाँ कायम भएको छ ।   यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत सेयर नपुगेपछि एफपीओ निष्कासन गर्न लागेको हो । यस संस्थाले ४६ लाख ७२ हजार ९५४ कित्ता एफपीओ निष्कासन गर्ने र अंकित मूल्य १०० रुपैयाँमै कम्पनीले एफपीओ जारी गर्ने भएको हो । बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको चालु आर्थिक वर्षमा गत चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा र प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा छ भने सञ्चित नाफा १७ करोड ५५ लाख रुपैयाँ छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १२:५८