२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

दुई दलको सहकार्यले नभए रास्वपा नेतृत्व गर्न तयार छ: सांसद झा

२४ असार, काठमाडौँ । २०५९ सालमा ज्ञानेन्द्र शाहलाई  र  २०६९ सालमा खिलराज रेग्मीलाई  सरकार बुझाएको घटना फेरि नदोहोर्‍याउन सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग अनुरोध गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले कांग्रेस र एमालेले गर्न लागेको सहकर्मबाट ०५९ र ०६९ को घटन‍ा दोहोरिन नदिन दलहरूलाई आग्रह गरेका हुन् ।

दुई दलको सहकार्यले नभए रास्वपा नेतृत्व गर्न तयार भएको पनि उनले बताए । ‘तपाईंहरू सक्नुहुन्न भने हामी पालो कुरेर बसेका छौं । बेचैन बनाउने बेचनको सहकार्यविना यो देशलाई पार लगाउन तयार भएर बसेका छौ’, उनले भने।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १६:४६