२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

समृद्धि फाइनान्सका ग्राहकहरुले मेघा हस्पिटलमा भारी छुट पाउने

२१ असार, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मेघा हस्पिटल प्रालिसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका सम्पुर्ण खातावालाहरुले २०८१/०३/२१ देखि २०८३/०३/२० गते सम्म समृद्धि मोबाइल बैकिङ्ग र डेविड कार्ड प्रयोग गरि मेघा हस्पिटलमा स्वस्थ्य उपचार सेवाको उपभोग गरी भुक्तानी गर्दा ३०प्रतिशत र फार्मेसीमा १५ प्रतिशत छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण खातावालाहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्सका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र मेघा हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक किशोरजंग राणाले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : 14:13