२२ असार २०८१, शनिबार | Sat Jul 6 2024

सरकारबाट बाहिरिने एमालेको निर्णय, प्रचण्डलाई दिएको समर्थन फिर्ता


१९ असार, काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारबाट बाहिरिने निर्णय गरेको छ । आफ्नै दलका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउने भएपछि एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको र समर्थन फिर्ताको पत्र पनि दर्ता गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १८:३७