२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

श्रृंखला अाउट भएपछि पूर्व मिस नेपाल माल्भिकाले भनिन्, यो साह्रै अन्याय भयो

२२ मंसिर, काठमाडाैँ । श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिएपछि केहीले अाक्रोश पोखेका छन भने केहीले अन्याय भएको बताएका छन । पूर्व मिस नेपालले नै श्रृंखलामाथि अन्याय भएको भन्दै समाजिक सञ्जालमा पोष्ट गरेकी छिन । पूर्व मिस नेपाल माल्भिका सुब्बाले श्रृंखला टप ५ मा पर्ने क्षमता भएको भन्दै आक्रोश पोखेकी हुन । उनले लेखेकी छिन्, ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

चीनको सान्या शहरमा जारी मिस वर्ल्डको फाइनलमा टप १२ भित्र अटाएकी उनी टप ५ भित्र भने अटाउन सकिनन्। मल्टिमिडिया च्यालेन्ज र ब्युटी विथ अ प्रपोज जित्दै श्रृंखला फाइनल प्रवेश गरेकी थिइन्। तर, शनिबार जारी फाइनलमा उनी टप १२ मा परेपनि टप ५ मा पर्न सकिनन् ।

यस्तै यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड २०१८)को ताज मेक्सिकाेकी भेनेसा देलिअाेनले पहिरिएकी छिन । चीनमा भएको  मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले जितेकाे हो । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै मेक्सिकाेकी सुन्दरी भेनेसाले मिस वर्ल्ड २०१८काे ताज पहिरिइन ।

युगाण्डाले मेक्सिकाे तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भाेट पाएका थिए । त्यस्तै थाइल्याण्डकी प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार २०:१९