१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

विश्व सुन्दरीको ताज मेक्सिकाेकी भेनेसा देलिअाेनलार्इ

२२ मंसिर, काठमाडाैँ । यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड २०१८)को ताज मेक्सिकाेकी भेनेसा देलिअाेनले पहिरिएकी छिन । चीनमा भएको  मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले जितेकाे हो । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै मेक्सिकाेकी सुन्दरी भेनेसाले मिस वर्ल्ड २०१८काे ताज पहिरिइन ।

युगाण्डाले मेक्सिकाे तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भाेट पाएका थिए । त्यस्तै थाइल्याण्डकी प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् । नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।

 

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार २०:१०