४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

स्याङ्जामा आमा–छोरी घरसहित पहिरोमा पुरिए


१५ असार, काठमाडौँ । स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिनुभयो । “राति सुतेका बेला पहिरो खसेको हो”, उहाँले भन्नुभयो । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उहाँले बताउनुभयो ।

पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ । पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार १०:२९