२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अभियानका फरार अभियुक्त प्रतिक थापा पक्राउ

१५ असार, काठमाडाैँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अभियानका फरार अभियुक्त प्रतिक थापा पक्राउ परेका छन । पक्राउ परेका अभियुक्त थापा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन । प्रतीकले तत्कालीन गृहमन्त्रीको स्वकीय सचिव हुँदा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

थापालाई शुक्रबार प्रहरीले बाैद्धबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले बौद्धबाट पक्राउ गरेको पुष्टि गरेको छ । यसअघि पक्राउ पुर्जी जारी भएपछि प्रतीकले एक विज्ञप्ति जारी गर्दै ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका थिए ।

छानविन समितिलाई सहयोग गर्ने प्रतिद्धता जनाएका उनी विज्ञप्ति निकालेर फरार भएका थिए । उनले त्यतिखेर भनेका थिए, ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्ने खण्डन गर्छु । आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायलयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढवा दिने हो? भन्ने कुरा बुझ्न जरूरी छ,’उनले उल्लेख गरेका छन्, ‘हामीले गृह मन्त्रालय सम्हाल्दा जनताका लागि सधैं न्यायको पक्षमा काम गरेका छौं। जनसरोकारको विषयमा कोही सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं। त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन।’

प्रकाशित मिति : १५ असार २०८१, शनिबार ०७:४८