शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, अष्ट्रेलियन र दिराम?
१४ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलरको ९७ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७८ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६७ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०७ पैसा कायम गरिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४३ रूपैयाँ २२ पैसा कायम गरिएको छ ।
त्यसैगरी, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ र साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६८ पैसा तोकिएको छ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ३९ पैसा तोकिएको छ ।
प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ११:२१