१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

एमाले विदुरको कार्यबाहक अध्यक्षमा अनुजकुमार श्रेष्ठ


१३ असार, नुवाकोट । नेकपा एमाले विदुर नगरकमिटीको कार्यबाहक अध्यक्षमा अनुजकुमार श्रेष्ठ चयन भएका छन । पार्टीका केन्द्रीय सदस्यद्धय केशवराज पाण्डे र बिन्दा ढुंगानाको उपस्थितिमा भएको नगरकमिटीको बैठकले कमिटीका सचिव श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

नगर कमिटीका अध्यक्ष नविन प्रधान जेठको २२ देखि २५ गेतसम्म भएको आठौँ जिल्ला अधिवेशनबाट अध्याधिक मतसहित जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि प्रधानले नगरकमिटीको अध्यक्षको जिम्मेवारी छाडेका हुन । प्रधानले छाडेपछि रिक्त भएको अध्यक्ष पदमा सचिव श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिइएको नेकपा एमालेको बागमती प्रदेश कमिटीका तर्फबाट विदुर नगरपालिकाका इन्चार्ज प्रल्हाद प्याकुरेलले दैनिकीलाई जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार १८:४२