५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राष्ट्रियसभामा विनियोजन विधेयक २०८१ प्रस्तुत

१३ असार, काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्नुभएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम ९२० बमोजिम उक्त विधेयक पेस गर्नुभएको हो ।

मन्त्री पुनले आर्थिक वर्ष २०८१र८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न बाच्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको बताउनुभएको छ ।

“प्रस्तुत विधेयकले सङ्घीय सञ्चिति कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा र कार्यका निम्ति विनियोजन गर्न सक्ने व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो,  “राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ ९क० को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्दछु ।”

यसैगरी राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी  गराएको थियो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव अमेरिका भ्रमणमा रहनुभएकाले सो मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई तोकिएको जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : June 27, 2024 at 5:48 pm