१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

एन्काद्वारा खेलाडी सम्मान, प्रेसिडेन्ट अवार्ड धीरज ज्ञवालीलाई

एडिलेड । एडिलेड नेप्लिज क्रिकेट एशोसियसन(एन्का)ले आफ्ना गत वर्षका उत्कृष्ट खेलाडीहरुको सम्मान गरेको छ । कार्यक्रममा एन्काले २०२३/२४ सिजनमा विभिन्न विधाका उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरेको थियो । जसमा प्रेसिडेन्ट अवार्डबाट धीरज ज्ञवाली सम्मानित भएका थिए ।

यसै गरि गत सिजनको भ्यालुयवल प्लेयर सम्मानबाट गोविन्द कार्की(पुरुष), सारा वानिया(महिला), मिथम मनातुङ्गा (जुनियर) सम्मानित भएका थिए । भने वेस्ट प्लेयर अफ द सिजन सम्मानबाट संकल्प प्रधान(पुरुष), रक्षा शुक्ला(महिला), बिधान श्रेष्ठ(जुनियर) सम्मानित भएका थिए ।

बेस्ट प्रफरमेन्ट अन फिल्डबाट बिनोद शर्मा (पुरुष) र सात्विक रेड्डी इन्डेला(जुनियर) सम्मानित भए । यसै गरि बिज्ञान लुइटेल (पुरुष) र स्विकृति बाग्ले (जुनियर) बेस्ट बलको उपाधीबाट सम्मानित भए । लुइटेल गत वर्षका पनि वेस्ट बलर हुन् । वेस्ट व्याट्स म्यानका रुपमा अमित ज्ञवाली(पुरुष) र ईशान पौडेल(जुनियर) सम्मानित भए ।

कार्यक्रमका विच भर्खरै क्रिकेट अष्ट्रेलिया बहुसांस्कृतिकदुत एन्का अध्यक्ष विजय जोशीलाई विशेष सम्मान गरिएको थियो । यसै गरी नेपालमा आफ्नै लगानीमा क्रिकेट स्टेडियम निर्माण गरिरहेका एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष समेत रहेका विनोद कुवर, एडिलेडका समाजसेवी दिपक विष्ट, एडिलेड युनिभर्सिटीका रोब ओशानासेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको पुर्व मन्त्री तथा विपक्षी दल की नेतृ जिङ लीले एन्काको झण्डाको रङ निलो र रातोले अष्ट्रेलिया र नेपालको सम्वन्धलाई जोडेको बताउदै क्रिकेट मार्फत एन्काले बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली समुदायलाई जोडेको बताउदै प्रशंसा गरेकी थिईन । उनले एन्काको सहयोगका लागी साउथ अष्ट्रेलियाको संसद भवनमा २० जनाका लागी लन्चको आयोजना गर्ने र त्यसबाट प्राप्त हुने रकम एन्कालाई सहयोग गर्ने समेत बताईन ।

एन्काको सल्लाहकार पारा ओलम्पियन क्ट्रीना ओएभले आफ्नो नेपाल भ्रमणको प्रशंग समेत जोड्दै एन्काले समुदायमा पुराएको योगदानको प्रशंसा गरेकी थिईन । कार्यक्रममा अष्ट्रेलियन क्रिकेटका पुर्व टेस्ट खेलाडी जो मेनीले एन्का जेम्सका बालबालिकाहरुलाई मेडल सहित सम्मानित गरेका थिए । भने गत सिजनको लिग विजेता सार्दन नाइटस क्रिकेट क्लवलाई समेत  सम्मान गरिएको थियो ।

कार्यक्रममा विज्ञापनदाताहरु सहित विभिन्न कार्यक्रमहरुमा सहयोग गरे बापत एडिलेड नेपाली विद्यालय र एडिलेड नेपाली पाठशालालाइ समेत सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेजका एडिलेड निर्देशक रुपक वर्तौलाले आगामी दिनमा समेत समुदायमा सहयोगलाई निरन्तरता दिने बताए ।

एन्का अध्यक्ष विजय जोशीले गत सिजनका क्लव, खेलाडी, विज्ञापनदाता सहित सहयोगीहरु धन्यवाद दिदै सहयोगलाई आगामी बर्षहरुमा जारी रहने विश्वास व्यक्त गरेका थिए ।क्रिकेट अष्ट्रेलियाका बहुसांस्कृतिक दुत समेत रहेकमा जोशीले क्रिकेटमा आफु प्यासनको रुपमा लागेको बताउदै आफुलाई यहा सम्म पुर्याउने आफ्नी आमा देखी सबैमा धन्यवाद र आभार व्यक्त गरे ।

एन्का उपाध्यक्ष डोल्कर गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पव्लिक रिलेसन अफिसर दिपक क्षेत्रीले गरेका थिए |

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १५:१७