३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

आईपीओ र हकप्रद सेयर निष्काशन प्रक्रिया पुनः सूचारू, हिमालय उर्जाले पायो अनुमति

७ असार, काठमाडौँ । आईपीओ र हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया पुनः सूचारू भएको छ । नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन भएपछि विगत ६ महिनादेखि ठप्प बनेको सेयर निष्काशन प्रक्रिया पुनः सूचारू भएको हाे  ।

बोर्डले असार ७ गतेदेखि हिमालयन उर्जा विकास कम्पनीलाई अनुमति दिएपछि लामो समयदेखि ठप्प रहेको सेयर निष्काशन प्रक्रिया  पुनः सूचारू भएको जनाएकाे छ ।

हिमालयन ऊर्जाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले ९९ करोड रुपैयाँबराबरको हकप्रद शेयर बिक्रीमा ल्याउनेछ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ९९ लाख कित्ता हकप्रद बिक्री गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले यसअघि चुक्ता पुँजीको २ सय प्रतिशत हकप्रद सेयर निष्काशनका लागि प्रक्रिया अघि बढाएको भएपनि विद्युत नियमन आयोगले घटाएर १०० प्रतिशतको लागि मात्रै अनुमति दिएको थियो ।

कम्पनीको हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित मिति : June 21, 2024 at 5:04 pm