१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

२५ जना पाका कलाकारका चित्र एक साथ प्रदर्शनी

५ असार, काठमाडौँ । दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स : अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो ।

सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले प्रदर्शनीस्थल सजिएको छ । कलेजको कला क्षेत्रमा अध्ययन गरी कलालाई प्रोत्साहन गर्दै आएका पाका पुस्तका कलाकारको सिर्जनालाई महत्वपूर्ण स्थान दिइएको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा शशीविक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, सुनिल रञ्जीत, देविना मल्ल, सुष्मा शाक्य, देवेन्द्र पाण्डे, भावना मानन्धर, सम्झना राजभण्डारी, चन्द्रश्याम डङ्गोल, मनिषलाल श्रेष्ठ, सौरगङ्गा दर्शनधारी, कृष्ण गोपाल श्रेष्ठ, मुकेश श्रेष्ठ, कुलदिप जङगबहादुर गुरुङ, विजय महर्जन, सुर्जामणि शाक्य, मनोज शाक्य मञ्जु, सौगात शाक्य, निपुर्ण बज्राचार्य, सौगात श्रेष्ठ गरी २५ जना पाका कलाकारका सिर्जना राखिएका छन् ।

प्रकाशित मिति : June 19, 2024 at 12:19 pm