३ श्रावण २०८१, बिहीबार | Fri Jul 19 2024

ड्युटीमा खटिएका प्रहरी जवानद्वारा गोली प्रहार गरी आत्महत्या


५ असार, काठमाडौँ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताउनुभयो । प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उहाँले जानकारी दिनुभयो । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १०:४३