११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओएनएफ जर्मनीमा नयाँ नेतृत्व, अध्यक्षमा पासाङ देन्डी शेर्पा

जर्मनी । प्रवासी नेपाली मञ्च (ओएनएफ) जर्मनीको  अध्यक्षमा पासङ देन्डी शेर्पा निर्वाचित भएका छन्।

सातौ अधिवेशनले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । यसैगरी  उपाध्यक्ष समिर श्रेष्ठ, सचिवमा गोविन्द राज पाण्डे, उपसचिव भरत चलाउने तथा सदस्यहरुमा हेम राज अधिकारी, राजेश लाल श्रेष्ठ, राजेश सुनार, कमल थापा, बृहस्पति सापकोटा रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले ओएनएफले संमृद्ध नेपाल निर्माणका लागि प्रवासबाट महत्वपुर्ण भुमिका खेल्ने बताए । अधिवेशनमा प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रियका सचिव हेम शेर्पा, प्रवासी नेपाली मञ्चका सदस्य एवं युरोप इन्चार्ज भक्त वाग्ले, ओएनएफ सल्लाहकार कमिटी उपाध्यक्ष रामशरण सिंखडा, अन्तर्राष्ट्रिय कमिटीका सदस्यहरु सन्तोष भट्टराई, हेमराज जोशी, शिव कुमार बरुवाल, सुरेन्द्र थपलिया, युरोप उपसंयोजक चन्द्र कान्त आचार्य, सचिव शालिकराम थपलिया, युरोप कमिटी सदस्यहरु नवराज रोस्यरा र बाबुराम खतिवडा, स्पेन अध्यक्ष केदार ढुङ्गाना, बेल्जियम अध्यक्ष बिनोद न्यौपाने लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए 

युवराज अधिकारीको अध्यक्षतामा भएको अधिवेशन ह्याम्बर्ग शहरको स्थानिय मेहेन्दी रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : June 18, 2024 at 7:52 pm