चट्याङका कारण मकवानपुरमा एक जनाको मृत्यु
३ असार, काठमाडौँ । वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज एक जनाको मृत्यु भएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजेतिर अचानक चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्की निवासी ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर गम्भीर घाइते प्रजालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : ३ असार २०८१, सोमबार १८:१३