३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

खराब कर्जा उठाउन नेपाल बैंकले साधारण ब्याजमै ५ प्रतिशत छुट दिने, यस्तो छ सूचना

३ असार, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले खराब कर्जा उठाउन साधारण ब्याजमै ५ प्रतिशत छुट दिने भएको छ । बैंकले एक सूचना जारी गरी कर्जा ग्राहकहरुलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउन अनुरोध गरेको छ ।

बैंकबाट कर्जा उपभोग गरि २०७५ साल चैत्र मसान्त अगाडि खराव वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाख सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर बैंकले दिएको छ ।

बैंकले २०७६ साल बैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरुले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट दिने नेपाल बैंकले जानकारी दिएको छ ।

बैंकले छुटका लागि विशेष व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयहरुमा सम्पर्क गरी ब्याज छुट सुविधा लिन अनुरोध गरेको छ । यो सुबिधा २०८१ आषाढ मसान्तसम्म मात्र लागु हुने बैंकका प्रवक्ता होमबहादुर खड्काले जानकारी दिएका छन ।

प्रकाशित मिति : June 17, 2024 at 6:17 pm