११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बोक्सीको घरले मनायो ५१ दिन, अष्ट्रेलियामा उत्सब

एडिलेड । नायिका केकी अधिकारीद्धारा निर्माण गरिएको चलचित्र बोक्सीको घरले काठमाडौंको रन्जना सिनेमा हलमा ५१ दिन मनाएको छ । त्यहि सन्दर्भ पारेर अष्ट्रेलिया भ्रमणमा रहेकी नायिका अधिकारीले एडिलेडको रिगल थेयटरमा आयोजित चलचित्रको प्रदर्शन पछि केक काटेर खुशी साटेकी छिन ।

झण्डै तिन समय दर्शकहरु सहितको रेड कार्पेट शो मा सहभागी हुदै नायिका अधिकारीले दर्शकहरुको मायाका लागि धन्यवाद गरेकी थिईन । दोस्रो सिक्वेल निमार्णका सन्दर्भमा हाल सम्म औपचारिक निर्णयमा पुगि नसकेको बताईन । उनले सुलक्षण भारतीको निर्देशन रहेको चलचित्रमा नेपाली समाजमा रहेको बाल बिबाह र बोक्सी प्रथाका बारेमा उजागर गर्ने प्रयास गरिएको छ । झण्डै ८ बर्ष अगाडि प्रदर्शनमा आएको बोक्सीको घर नाटक माथी आधारित बनाएर चलचित्रको निर्माण गरिएको छ । प्रकाश सपुतको रचना, संगित    समिक्षा अधिकारीको स्वरमा रहेको `बुझिन मैले ´ गितले दर्शक माझ निकै प्रिय रहेको छ ।     

उक्त रेड कार्पेट शो नेपालबाट आउनु भएका अभिभावकहरुका लागि नि शुल्क प्रवेशको व्यवस्था गरिएको थियो । एडिलेडका  लागि चलचित्रका व्यवस्थापक हेम श्रेष्ठले नेपालबाट आउनु भएका अभिभावहरुको सम्मानमा प्रवेश नि शुल्क गरेको बताए । उनले एडिलेडमा चलचित्र प्रदर्शन व्यवसायी उद्देश्य भन्दा पनि नेपाली सामाजिक कुरिती माथी आधारित, अभिनेत्री  केकी अधिकारीद्धारा निर्माण गरिएको यस चलचित्रले देश तथा विदेशमा दर्शकहरुको अपार माया पाएको बताउदै  चलचित्र समाजिक सन्देशका हिसाबले महत्वपुर्ण भएकाले समुदायमा चेतना र हाम्रा कुरिति माथी बनेका चलचित्रहरुलाई प्रोत्साहन गर्ने उद्देश्य मात्र प्रदर्शनको जमर्को गरिएको बताए ।

शोको मुख्य प्रायोजन एनेक्स रियल स्टेटले गरेको थियो ।

प्रकाशित मिति : June 17, 2024 at 12:32 pm