१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु

१ असार, काठमाडौं । जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजेतिर आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि प्रहरीले उपचारका लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

सिन्धुपाल्चोक घर भई जावलाखेल बस्दै आएका एक दम्पती २५ बर्षीय श्रीमान र २५ बर्षकै श्रीमती रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू नवविवाहित जोडी हुन् ।

पोस्टमार्टमका लागि मृतकको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार ११:५७