८ असार २०८१, शनिबार | Sat Jun 22 2024

ग्लोबल आईएमई बैंकका ग्राहकलाई होटल आइकावामा १५ प्रतिशत छुट


३२ जेठ, काठमाडाैँ । ग्लोबल आईएमई बैंक लिमिटेड र होटल आइकावा इन प्रालिबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले होटलका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेछन् ।

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटल आइकावाका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

​बैंकले विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरू ल्याउँदै आएको छ । ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।​​

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १६:२३