१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित


३१ जेठ, काठमाडाैँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद प्रस्ताव पारित भएकाे छ । कम्पनीको आज सम्पन्न भएको विशेष साधारण सभाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात १००ः१५ को अनुपातमा ३१ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशनको प्रस्ताव पारित भएको हो ।

विशेष साधारण सभाले हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने हुँदा सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरेको छ । साथै संशोधन उपर नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साथै कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपातबमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार १६:४४