४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

दलित समुदायमाथि सभापति लामिछानेले रोष्ट्रमबाट मागे माफी

१९ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी माग्नुभएकाे छ । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी माग्नुभएकाे हाे ।

‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप थियो, उसलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन। म सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु। र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने सुनिश्चित गर्न चाहन्छु,’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : April 2, 2026 at 4:19 pm