नेपाल बैंक र जल्जला बहुमुखी क्याम्पसबीच सम्झौता
३० जेठ, काठमाडौँ । नेपाल बैंक लिमिटेड र रोल्पास्थित जल्जला बहुमुखी क्याम्पसबिच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्वन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जेठ २८ गते बैंकको रोल्पा शाखामा एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।
नेपाल बैंकको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शुसिल कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले नेपाल बैंक लिमिटेडले प्रदान गर्दै आईरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरुबाट आफुहरु सन्तुष्ट र उत्साहित रहेको बताए ।
बैंकको तर्फबाट प्रदेश प्रमुख शुसिल कुमार नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोवारहरु बैंकको डिजिटल बैंकिंङ मार्फत् सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुसि व्यक्त गरे । साथै निजले आगामी दिनमा क्याम्पस र बैंकबिचको सम्बन्ध अनन्तकालसम्म रहने विश्वास व्यक्त गर्दै बैंकले क्याम्पस परिवारका साथै ग्राहकहरुलाई समयसापेक्ष बैंकिङ सेवा सुबिधाहरु थप प्रभाबकारी बनाउनका निमित्त बैंक निरन्तर लागिपरेको जानकारी समेत गराए ।
उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उप प्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उप.प्रा.संयोजक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १८:४६












