१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वैवाहिक बलात्कारमा दोषी ठहर भएका न्यायाधीश गिरीलाई ७ वर्ष कैद


२९ जेठ, काठमाडाैँ। वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र ३ लाख जरिवाना तोकिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीको सजाय तोकेको हो।

यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएका गिरीकको सजाय निर्धारणका लागि भने आजको पेसी तोकिएको थियो । जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहँदा गिरीकी श्रीमतीले आफूलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएपछि न्यायपरिषद्ले गिरीलाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १७:४७