३१ जेष्ठ २०८१, बिहीबार | Thu Jun 13 2024

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन


२९ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरमा ढलान सडक तथा नालाको उद्घाटन गरेको छ । उनले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँमा निर्मित ढलान सडक तथा नाला उद्घाटन गरेको हो ।

त्यसअवसरमा उनले सडक र नाला निर्माणसँगै स्थानीयले वर्षौदेखि भोग्दैआएको सास्तीबाट मुक्ति पाउने बताए । ‘‘यहाँ सडक र नाली नबन्दा निकै समस्या भइरहेको थियो’ । स्थानीयवासीको मागबमोजिम सडक र नाला निर्माण भएपछि पक्कै पनि हालसम्म भोग्दैआएको समस्या समाधान हुनेछ”, उनले भने

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै समग्र वीरगञ्ज महानगरको पनि समृद्धि हासिल गर्न सहज हुने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार १४:११