१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नेपाल लाइफले लाभांश पारित गर्न बाेलायाे साधारणसभा, बुक क्लोज कहिले ?


२९ जेठ, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा बाेलाएकाे छ । इन्स्योरेन्सले  असार १८ गते लाभांश पारित गर्न २३ औँ र २४ औँ वार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

यस्तै सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३ जना, सर्वसाधारण समूहकातर्फबाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित हुने जनाइएकाे छ ।

त्यसैगरी साधारणसभामा अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित हुनेछन् ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार ११:०४