११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

विपद् उद्धारसम्बन्धी अभ्यासका क्रममा सेती नदीमा डुबेर सशस्त्रका जवानको मृत्यु


२८ जेठ, काठमाडाैँ । बझाङमा विपद् उद्धारसम्बन्धी अभ्यासका क्रममा डुबेर एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-७ घर भएका धामीको अभ्यासका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरत शाहले जानकारी दिए ।

उनका अनुसार बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्नेसम्बन्धि कृत्रिम अभ्यास गर्दा गर्दै उनी डुबेका थिए। सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेको डीएसपी शाहले बताए ।

नदीमा डुबेपछि उद्धार गरेर अस्पताल पुर्‍याइएका उनलाई जिला अस्पताल बझाङले मृत घोषणा गरेको थियो । धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १५:३९