१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

पर्यटकीय नगरी सौराहाका १६ होटलमा प्रभु बैँकका ग्राहकलाई विशेष छुट


२७ जेठ, सौराहा । भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे प्रभु बैंकले अाफ्ना कर्मचारी र ग्राहकलाई सौराहामा रहेका विभिन्न होटल तथा रेष्टुरेन्टमा विभिन्न सेवामा विशेष छुट दिने सम्झौता गरेको छ । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

सम्झौता बमोजिम ग्राहक र बैंकका कर्मचारीका लागि आवासमा ८ देखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुटहरु प्राप्त गर्नसकिन बैंकले जनाएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटर की प्रमुख सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन ।

होटल एकावा इन, सपना गाउँ लज, सिद्धार्थ भिल्लास बनबास, होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राइनो लज एण्ड होटल, होटल रोयल सफारी, द पार्क सेन्चुरी होटल भिल्लाजियो रेस्टुरेन्ट र होटल, ट्राभलर्स जङ्गल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जङ्गल सफारी लज, रोयल टाइगर लक्जरी होटलमा प्रभु बैंकका कर्मचारी र ग्राहकले विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण चितवन जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणिय पर्यटकिय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देबघाटधाम जस्ता रमणीय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।

बिभिन्न देश तथा स्वदेशबाट पनि चितवनका विभिन्न पर्यटकीय स्थालहरुमा पर्यटकहरुको आगमन हुने गरेका छ । बिश्वमै अति दुर्लभ एक सिंगे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङगी, मृग जस्ता जंगली जनावरहरु एवम् वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्Èणको केन्द्र हो ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १७:५०