२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

भ्रष्टाचार मुद्दा खेपीरहेकी नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साह निलम्बित

२७ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा गरेको नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिताकुमारी साह निलम्बित भएकी छिन । पत्रकार महासंघको २७औं महाधिवेशनको हलमा ललिताको भ्रष्टाचार मुद्दाको विषयमा पत्रकारिता विकास समाजका अध्यक्ष माधवप्रसाद तिवारीले आवाज उठाएका थिए । त्यसअघि दैनिकीले निरन्तर समाचार प्रकाशित गरिरहेको थियो । महासंघको नेतृत्वले केही दिनअघि ललितासहित अन्य सात पत्रकारको सदस्यता निलम्बन गरेको हो ।

गोरखापत्र दैनिकको संवाददाता समेत रहेकी ललिताले श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका नाममा स्यानिटरी प्याडमा भ्रष्टाचार गरेको ठहर सहित आयोगले मतियारको रूपमा ललिताविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । यसअघि महासंघको निर्वाचनको मिति नजिकिदै जाँदा ललिताको नेतृत्वमा अध्यक्ष र महासचिवको कार्यकक्षमा तालाबन्दी भएको थियो । त्यसको केही समयपछि ललितासहित सात जनाको सदस्यता निलम्बनमा परेको महासंघ स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

भ्रष्टाचार मुद्दा खेपीरहेकी ललिताको नेतृत्वमा पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ताला

स्यानिटरी प्याडमा भ्रष्टाचारः पत्रकार महासंघकी केन्द्रीय सदस्यसहित पाँचविरुद्ध मुद्दा

प्रेस काउन्सिल नेपालप्रति खेद प्रकट गर्दै पत्रकार महासंघको २७औं महाधिवेशन सम्पन्न

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार ०९:५२