११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन

१ फागुन, काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयर मूल्य ३१३ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ २० पैसा रहेको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आगामी सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : February 13, 2026 at 9:35 am