नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा
२६ जेठ, काठमाडाैँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को २४६ औँ सञ्चालक समितिको बैठकबाट विश्रुत थापा अध्यक्षमा सर्वसम्मत चयन भएका छन । अध्यक्षमा सर्वसम्मत चयन भएका थापाले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन ।
नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको छ । विश्रुत थापासँग केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ । थापा चार्टर्ड एकाउन्टेन्ट हुन।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।
प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ११:०४












