२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

हिमालयन बैंकको १५ लाख ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१७ जेठ, काठमाडाैँ । हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद लागि आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।इच्छुक संस्थापक सेयरधनीले तोकिएको अवधिभित्र काठमाडौँको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

सेयरको मूल्यको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद निवेदन नपरेकोमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : 12:46