१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी (सम्पूर्ण मतपरिणासहित)


१६ जेठ, भरतपुर । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्ष पदमा विजयी भएका हुन । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन विजयी भएका छन ।

प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो । अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए । अन्तिम मतपरिणाम र विजयीको सूची तल हेर्नसक्नुहुन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ०९:२५