११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओएनएफ पोर्चुगलको नयाँ नेतृत्व , अध्यक्षमा दिपक खत्री

लिस्बन (पोर्चुगल) । प्रवासी नेपाली मञ्च पोर्चुगलको छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईँ, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यमा यज्ञप्रसाद डुम्रे, पुरन घर्ती, नवीनकुमार थापा, राजेन्द्रप्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, सङ्गीता शर्मा सिलवाल, हेमन्त केसी, शिवसागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्रप्रसाद सुवेदी, सुरज विष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुवेदी, भक्त सिंह, माया खरेल र यामबहादुर पुर्कोटी सर्वसम्मत चयन गरेको छ ।

मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गाना, एनआरएनए युरोपका युवा नेता रोवर्ट लिम्बु, एनआरएनए आइसिसि सदस्य राजकुमार थापा,एनआरएनए पोर्चुगलका अध्यक्ष  उमेश खड्का लगायतको उपस्थिति रहेको थियो ।

पुर्व विद्यार्थी नेता समेत रहेका नव निर्वाचित अध्यक्ष खत्रीले ओएनएफलाई पोर्चुगलमा नेपाली समुदायको हित अझै क्रियाशिल बनाउने बताए ।

प्रकाशित मिति : June 26, 2024 at 2:25 pm