१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

योगेश भट्टरार्इलार्इ पछि पार्दै सञ्चार मन्त्रालय सम्हाल्ने गोकुल बास्कोटा को हुन ?

३ चैत, काठमाडाैँ । नेकपा एमालेका सचिव याेगेश भट्टरार्इले तीव्र इच्छा र अाकांक्षा गरेको सञ्चार मन्त्रालयको जिम्मेवारी अन्ततः काभ्रेका पत्रकार प्रेस चाैतारी नेपालका संस्थापक गोकुल बस्कोटाले पाएका छन । यो पटकको मन्त्रिपरिषद् विस्तारमा भट्टरार्इ नपरेपछि उनका समर्थकले भने अोलीको अालोचना सुरू गरेका छन उनीहरूले ताप्लेजुङको यो एउटा भिडियो सेयर गर्दै अोलीले बोलेका कुरा कति पुर्याउँछन हेर्नुस भन्दै व्यंग्य गरिरहेका छन ।

अोलीले योगेशलार्इ सञ्चारमन्त्री बनाउछु नभने पनि मन्त्री बनाउने घोषणा गरेका थिए, मन्त्रीहरूको विषयमा चर्चा परिचर्चा हुँदा भट्टरार्इले सञ्चार मन्त्रालय पाउने सम्भावनाका विषय बाहिरी चर्चाको विषय बनेको थियो ।

यद्यपी अोलीले मन्त्रीहरूको जसरी कार्यविभाभजन गरेका छन यसले अाम जनमासनमा सकारात्मक सञ्चार गरेको छ । सञ्चारमा पार्टीका सचिवलार्इ नै छाँयामा पारेन सञ्चार मन्त्रालयको जिम्मेवारी लिने बास्कोटा काे हुन त ?

सूचना तथा सञ्चार राज्यमन्त्रीमा नियुक्त भएका काभ्रे क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटा काभ्रेको मण्डन नगरपालिका–४ नयाँगाउँ चैनपुरमा २०२७ सालमा जन्मिएका थिए । बुबा हरिप्रसाद र आमा बालकुमारीको कोखबाट जन्मिएका बास्कोटा ४ दाजु–भाइमध्ये कान्छो हुन् ।

बास्कोटा कक्षा ३ मा पढ्दा २०३६ सालको विद्यार्थी आन्दोलन भएको थियो । त्यतिबेलै वाम पृष्ठभूमीका गुरुहरुको कुरा सुनेपछि उनमा राजनीतिक चेतना नभए पनि नयाँ कौतुहलता जागृत भएको थियो । माथिल्लो कक्षामा पढ्न अर्को स्कूलमा गएपछि पनि वामपन्थी शिक्षकहरुसँग उनको संगत हुनपुग्यो ।

आफूसहितका पुस्तकालय कमिटीका साथीहरुले रुसी, चिनियाँ र कोरियाली बालकथाहरु अध्ययन गरी कम्युनिस्ट विचारसँग नजिकिएका उनी बेलुकी–बेलुकी गुरुहरुको प्रशिक्षणपछि वामपन्थी आन्दोलनमा होमिएका थिए । उनको गुरुहरुलाई अराष्ट्रिय गतिविधि गरेको भन्ने आरोप लगाएर विद्यालयबाट निकालियो त्यसपछि उनी डेडीथुम्का स्कूलमा पढ्न गए ।

त्यो स्कूल वामपन्थी आन्दोलनको केन्द्रविन्दुमा नै थियो । उनी त्यसअघि नै कक्षा ५ मा अध्ययन गर्दा अनेरास्ववियुमा आवद्ध भइसकेका थिए । तत्कालिन मालेको अनेरास्ववियु एकताको ५ औं को उनी प्रारम्भिक कमिटीको सह–सचिव थिए त्यो बेला ।

डेडिथुम्का गएपछि स्कूल पनि ठूलो र राजनीतिको केन्द्र पनि भएकाले पञ्चायत समर्थकहरु भए पनि त्यहाँ वामपन्थीहरुको निक्कै राम्रो स्थिति थियो । कृष्णकुमार श्रेष्ठ, कुमार खकुरेल, भानुभक्त थपलिया लगायतका गुरुहरु थिए । बेलुकी संगठन गर्ने, किसाहरुकोमा जाने, नाटक देखाउने जस्ता गतिविधिमा बास्कोटा सक्रिय भए । ठीक त्यही समयमा ४० सालतिर पिस्कर हत्याकाण्ड भयो ।

त्यसको विरोधमा डेडीथुम्कादेखि जुलुसको नेतृत्व गर्दै उनी पाँचखाल चौकीसम्म गएका बास्कोटा त्यसबेलादेखि नै राजनीतिमा चिनिएर लागेका व्यक्ति हुन् । त्यतिबेला पुस्तकालय कमिटी, रेडक्रस, अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी वहन गरेका उनी युथलिगको सचिव भएर अग्रजहरुसँग निरन्तर लाग्दै गए ।

गाउँमा ४३ सालमा जनपक्षीय उमेद्वारलाई सक्रियतापूर्वक सहभागी भएर सघाएका बास्कोटाले विद्यार्थी राजनीतिमा ०४२/४३ देखि अखिलको जिल्ला सदस्य, इलाका कमिटीको अध्यक्ष, जिल्ला कमिटीको सचिव, जिल्लाको अध्यक्ष भएर जिम्मेवारी वहन गरेका थिए । पार्टीको भूमिगतकालमा खासगरी वास्कोटा पार्टीको पर्चाहरु ओसार्ने गर्थे ।

अखिलका केन्द्रीय कमिटी सदस्य, वागमतिको उपाध्यक्ष, एमाले काभ्रेको सदस्य, सचिवालय, उपसचिव सचिव, अध्यक्षको जिम्मेवारी सम्हालेका उनी अहिले प्रदेश कमिटी र पार्टीको स्कूल विभाग सदस्यको जिम्मेवारीमा छन् ।

वास्कोटासँग भूमिगतकालको एउटा रमाइलो घटना छ । अहिलेका जिल्ला समन्वय समितिका सभापति उद्धव के.सी. त्यतिबेला हेलेन शाहको ड्राइभर थिए । ०४६ सालको चैत्र १७ गते महेन्द्रको शालिकमा कालो झण्डा गाड्ने कार्यक्रम थियो । बास्कोटा बनेपामा जुलुस सकेर आएका थिए । त्यहाँ उनी पर्चा लिन गएका थिए । सुनकोशी छापाखानामा पर्चा तयार गरिएको थियो ।

पुलिस दमन भएकाले त्यहाँ पुग्न नसकेपछि घर जलेकाले हेलेन शाहको ड्राइभर आफ्नो काका भएकोले खबर गर्न आएको भनेपछि पुलिसले समाति सकेकोमा पनि छोडीदिएको थियो । त्यसपछि उद्धव केसीले नी अफिसरमा त्यस्तै रिपोर्टिङ गरे । अनि गाडी लिएर जाऊ आगो निभाउन भनेपछि त्यही हेलेन शाहको गाडिमा सुनकोशी छापाखानामा भएको पञ्चायत विरोधी पर्चा लिएर उनी आएका थिए ।

०४४/०४५ देखि पार्टीको पूर्णकालिन कार्यकर्ता भएका उनले काभ्रे एमालेको नेतृत्व तहमा रहेर लामो समय साङ्गठानिक जीवन विताएका छन् । उनी संघीय प्रतिनिधि सभाको पहिलो निर्वाचनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट देशभरकै दोस्रो लोकप्रिय मत प्राप्त गर्दै नेकपा एमालेबाट सांसद बनेका थिए ।

डेडीथुम्का स्कूलबाट एसएलसी गरेका उनले मास कम्युनिकेशनमा स्नातकसम्मको अध्ययन रत्नराज्यलक्ष्मी क्याम्पसबाट पूरा गरेका छन् । प्रकाश, दृष्टि लगायत वाम निकट पत्रिकाहरुमा रहेर सक्रिय पत्रकारिताको लामो अनुभव संगालेका उनी पछिल्लो समय पत्रकारिताभन्दा पार्टी राजनीतिमा क्रियाशील रहेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार ०७:४४